Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट सार्वजनिक- Brighter Khabar


सुर्खेत, असार १ गते। कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो।

आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गर्नुभएको छ। कुल विनियोजनमध्ये चालुतर्फ नौं अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत विनियोजन गरिएको छ। स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ  चार अर्ब ८० करोड चार लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको मन्त्री सिंहले जानकारी दिनुभयो।

चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारले ३२ अर्ब ७४ करोड नौ लाख विनियोजन गरेको थियो। संघीय सरकारबाट वित्तीय हस्तान्तरण भएर गत वर्षको तुलनामा कम बजेट आए पनि प्रदेश सरकारले यो वर्ष एक अर्ब बढीको बजेट ल्याएको छ। 

प्रस्तुत बजेटमा स्रोत अनुमानमा प्रदेशको आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार, चालु आर्थिक वर्षको खर्च नभई बचत हुने अनुमानित रकम सात अर्ब ४१ करोड, संघबाट प्राप्त हुने राजस्व बाँडफाँड वापतको आठ अर्ब ८४ करोड, वित्तीय समानीकरण १० अर्ब १६ करोड, समपूरक अनुदानतर्फ ७६ करोड १६ लाख, विशेष अनुदान तर्फ ५९ करोड ७९ लाख र वैदेशिक सहायताबाट कार्यान्वयन हुने एक करोड ८६ लाख परिचालन हुने अनुमान गरिएको छ। 

विनियोजित बजेटमा स्थानीय तहलाई कूल चार अर्ब ८० करोड चार लाख वित्तीय हस्तान्तरण गरिएको छ। वित्तिय समानीकरण अनुदान वापत ८० करोड हस्तान्तरण गरिने छ भने समपूरक अनुदानतर्फ ८४ करोड २५ लाख र विशेष अनुदानतर्फ २७ करोड ५५ लाख वित्तीय हस्तान्तरण गरिएको मन्त्री सिंहले बताउनुभयो। 

साथै, स्थानीय तहका वडामा मुख्यमन्त्री रोजगार कार्यक्रममा मार्फत एक अर्ब १६ करोड ९७ लाख विनियोजन गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom