Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुनकोसीमा गाडी खस्दा तीन जना बेपत्ता , थप अपडेट - Brighter Khabar

 

मध्यपहाडी राजमार्गबाट सुनकोसीमा गाडी खस्दा तीन जना बेपत्ता भएका छन् । 

मध्यपहाडी राजमार्ग अन्तर्गत गोलञ्जोर गाँउपालिका ७ लौकुन भन्ने स्थानबाट सुनकोसी नदीमा जिप खस्दा जिपमा सवार तीन जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार प्राविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभीटि) को बा १ झ ७४६७ नम्बरको जिप काठमाण्डौबाट खोटाङ तर्फ जादै गरेको जिप सुनकोसीमा खसेको थियो ।

चार जना सवार रहेको जिप सुनकोसीमा खस्दा चालक ३१ बर्षिय कृष्ण चौधरी घाइते भएका छन् भने सिटिइभीटि प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ बर्षिय कृष्णबहादुर केसी, योजना महाशाखा प्रमुख ५६ बर्षिय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ बर्षिय भानु पौडेल बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरी प्रमुख एसपी सिलवालले जनाए ।

Top Post Ad

post bottom ads

Ads Bottom