Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फेवा ताल वरिपरि ६५ मिटर भित्रका अतिक्रमित संरचना तत्काल हटाउन सर्वोच्चको आदेश - Brighter Khabar


पोखरा, ४ असार । सर्वोच्च अदालतले  पोखरा स्थित फेवा तालको छेउछाउ अतिक्रमण गरेर बनाइएका अवैध संरचना तत्काल भत्काउन आदेश दिएको छ । 

सर्वोच्चले फेवातालको छेउछाउमा जबरजस्त तरिकाले निर्माण  गरिएका अवैध  संरचना तत्काल हटाउन परमादेश जारी गरेको हो  । 

पोखरा महानगरले तालको मापदण्ड घटाएर ३० मिटर कायम गर्ने निर्णय गरे पनि विवाद पश्चात् सर्वोच्चले उक्त निर्णयलाई बदर गर्दै पहिल्यैको ६५ मिटर नै कायम गर्नुपर्ने निर्णय गरेको छ  ।  

न्यायधिशद्वय हरिप्रसाद फुयाँल र कुमार रेग्मीको इजलासले तालको ६५ मिटर भित्र बनेका अवैध संरचना हटाउन भन्दै उक्त परमादेश जारी गरेको हो ।

यो सँगै फेवाताल किनारका सबै अवैध संरचना भत्काउने बाटो खुलेको छ । 


Top Post Ad

post bottom ads

Ads Bottom