Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मृत्यु भइसकेका व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण - Brighter Khabar

 


जेठ २४, मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको भेटिएको छ ।

तनहुँका धेरैजसो  स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको हो  । स्थानीय तहहरूले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न पालिकाले रु ५ लाख २५ हजार दुई सय ३३ रुपैयाँ बराबरको  रकम  मृत्यु भएका व्यक्तिको खातामा पठाएका हुन् ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार मृत्युपश्चात् भुक्तानी गर्ने पालिका हरूमा भिमाद नगरपालिकाले रु २९ हजार तीन सय १४, ऋषिङ गाउँपालिकाले रु एक लाख १६ हजार छ सय ३० र शुक्लागण्डकी नगरपालिकाले रु एक लाख १६ हजार सात सय ५८, भानु नगरपालिकाले रु ५३ हजार छ सय १०, आँबुखैरेनी गाउँपालिकाले रु २४ हजार चार सय, बन्दीपुर गाउँपालिकाले रु २४ हजार एक सय ३१, देवघाट गाउँपालिकाले रु २४ हजार चार सय, घिरिङ गाउँपालिकाले रु एक लाख ३५ हजार नौ सय ८० भुक्तानी गरेको पाइएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ११ (२) मा कुनै लाभग्राहीको मृत्यु भएमा, एकल महिला लाभग्राहीले विवाह गरेमा घटना भएको ३५ दिनभित्र घटना दर्ता गराइसक्नुपर्ने व्यवस्था भए पनि पालिकाहरूले त्यसो नगरी लुट मच्चाइरहेको तथ्य बाहिरिएको हो  ।

 साथै  ऐन, नियमावली तथा कार्यविधि बमोजिम लगत कट्टा हुनुपर्ने लाभग्राहीको हकवाला वा प्रचलित कानुन बमोजिमको सूचकले सम्बन्धित स्थानीय तहको वडा कार्यालय मार्फत त्यस्तो घटना दर्ता गराउनुपर्ने व्यवस्था छ 

Top Post Ad

post bottom ads

Ads Bottom