Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

७० हजार घुससहित वडा अध्यक्ष पक्राउ - Brighter Khabar


जेठ ३१ गते। धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष वुलन यादव ७० हजार घुससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार वडा अध्यक्ष यादव  सडक निर्माणको सिफारिसमा घुस लिएको आरोपमा पक्राउ परेका हुन् । 

यादवसहित वडा सचिव अमृत नारायण मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरेबापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा बर्दिबाबाट खटिएको टोलीले पक्राउ गरेको दाहालको भनाइ छ।

प्रवक्ता दाहालका अनुसार आरोपितमाथि थप अनुसन्धान सुरु भएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom