Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रेम सम्बन्धमा रहेका जोडीको बिहेको प्रस्ताव अस्वीकार गरेको आवेगमा २ जनाको हत्या गर्ने एक युवा पक्राउ - Brighter KHabar


जेठ १८, 
बिहेको प्रस्ताव नस्विकार्दा दुई जनाको हत्या भएको खबर छ  । 

कपिलवस्तुको बाणगंगामा नगरपालिका वडा नम्बर–६  स्थित  मटेरियामा बिहेको प्रस्ताव स्वीकार नगर्दा   ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ वर्षीय अन्जनी थारुको चक्कु प्रहार गरी हत्या भएको हो ।

प्रहरीका अनुसार  चक्कु प्रहारबाट घाइते भएका भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पतालमा लगिएको भएपनि उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो।

बिहेको प्रस्ताव अस्वीकार  गर्दा रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले उनीहरू माथि चक्कु प्रहार गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताएका छन् ।

मोहन थारु र अन्जनी थारु विगत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको र बिहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा लागेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom