Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भाका नागेका ऋणीहरूलाई ७ दिनभित्र रकम तिर्न अर्जनुचौपारी-पोखरा बचत तथा ऋण सहकारीको अलर्ट - Brighter Khabar

पोखरा , १३ असार 
 ऋण भुक्तानी गर्ने बारे सूचना जारी गर्दै अर्जनुचौपारी-पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले समयमा व्याज / सावाँ नतिर्ने ऋणीहरूलाई कारबाहीको दायरामा ल्याउने  जनाएको छ । 

सहकारीले आज एक सूचना जारी गर्दै असार २० गते भित्र सम्पूर्ण ऋणी सदस्यहरूले भाखा नाघेको भएमा किस्ता रकम र नियमानुसार लाग्ने ब्याज हर्जाना समेत हुने रकम र भाखा ननाघेको भएमा तिर्नुपर्ने किस्ता (साँवा + व्याज) रकम बुझाउन ऋणीहरूलाई अनुरोध गरेको हो  ।

''यस अर्जनुचौपारी-पोखरा बचत तथा ऋण सहकारी संस्था ली. बाट ऋण कारोबार गर्नु भएका सम्पूर्ण ऋणी सदस्यहरूले चालु आ.व. २०७९ / २०८० समाप्त हुन गई रहेको र सहकारी ऐन र संस्थाको विनियम अनुसार सदस्यले लिएको ऋणको ब्याज असुली भएपछि मात्र आम्दानी जनाउन पाइने र सबै सदस्यले समयमै ब्याज चुक्ता भुक्तानी गरेमा संस्थाको आम्दानी वृद्धि भई सदस्यहरूले पाउने प्रतिफल समेत वृद्धि हुने हुँदा, २०८० असार २० गते भित्र सम्पूर्ण ऋणी सदस्यहरूले भाखा नाघेको भएमा किस्ता रकम र नियमानुसार लाग्ने ब्याज हर्जाना समेत हुने रकम र भाखा ननाघेको भएमा तिर्नुपर्ने किस्ता (साँवा + व्याज) रकम बुझाई असल ऋणीको पहिचान दिनुहुन विनम्र अनुरोध गरिन्छ ।'' सूचनामा भनिएको छ  ।

संस्थाबाट ऋण कारोबार गरी लामो समय देखि किस्ता ब्याज नबुझाएका सदस्यहरूको हकमा संस्थाबाट पटक पटक लिखित/ मौखिक फोन ताकेता गरे पनि उक्त कुरालाई बेवास्ता गरेको भन्दै सहकारीले  ७ दिनभित्र संस्थालाई बुझाउनु पर्ने भाखा नाघेको साँवा तथा बुझाउने दिन सम्मको नियमानुसार लाग्ने ब्याज, हर्जानासमेत हुने रकम बुझाउन सस्थाका अध्यक्ष हेमनारायण चापागाईले सम्बन्धित ऋणीहरूमा अनुरोध समेत गर्नुभएको छ  ।

संस्थाले तोकेको  अवधिभित्र बुझाउन नल्याएमा सहकारी ऐन २०७४, पोखरा महानगर सहकारी नियमावली २०७६ र संस्थाको विनियम / ऋण नीति अनुसार धन जमानी बस्ने सदस्यहरू समेतबाट दामासाहीले हुने रकम सेयर, बचत कट्टी गरी राफसाफ गर्ने र सेयर, बचतबाट नपुग भएमा अन्य सम्पत्तिको खोजी गरी रोक्का राख्ने र धितो घरजग्गा तथा सवारी साधनबाट गएको कर्जा भएमा ऋण लिने र धन जमानी बस्नेहरूको तीन पुस्ते विवरण राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गरिने समेत अध्यक्ष चापागाईले बताउनु भयो  ।

साथै  धितो लिलामी गर्ने, सवारीसाधन कब्जामा लिने तथा अन्य कानुनी प्रक्रियाको साथै बैक वित्तीय संस्थाको कालो सूचीमा राख्नेतर्फ समेत आवश्यक प्रक्रिया अगाडि बढाइने सहकारीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom