असार १५, गत असार २ गते राति सङ्खुवासभाको हेंवाखोलामा अविरल वर्षासँगै आएको बाढीले बेपत्ता भएका मध्ये एक जनाको शव भेटिएको खबर छ ।
टाउको बाहेकको शरीर मात्र भएको शव आज अरुण नदी किनारमा फेला परेको हो ।
चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ टाउको विनाको शव भेटिएपछि पहिचानको लागि खाँदबारी जिल्ला अस्पतालमा लागिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भेटिएको शव पाँचखपन नगरपालिका–७ का ३३ वर्षीय भुवनसिंह तामाङकी श्रीमतीले आफन्तको भएको जिकिर गरे पनि पुष्टि भने हुन सकेको छैन ।
पहिरामा परेका अन्य १९ जना अझै बेपत्ता छन् ।