Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विपरीत दिशाबाट आइरहेको ट्रकले कारलाई ठक्कर दिँदा बाबुछोरीको ज्यान गयो - Brighter Khabar

सांकेतिक तस्विर 


असार १२,  पूर्वपश्चिम राजमार्गअन्तर्गत झापामा भएको सवारी दुर्घटनामा बाबुछोरीको ज्यान गएको खबर छ 

झापाको  शिवसताक्षीस्थित सडक खण्डमा आज  ट्रक र कार ठोक्किँदा बाबुछोरीको ज्यान गएको हो  । 

दुर्घटनामा  मोरङको उर्लाबारी–६ का ४५ वर्षीय गुरुचन चौधरी र सोही कारमा सवार उनकी छोरी १८ वर्षीया कुमकुमको ज्यान गएको  हो ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको प्र १–०१–००च ७४८२ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom