Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नगर प्रमुखसहित नौ जनाविरुद्व लाखौँ भ्रष्टाचार गरेको आरोप - Brighter Khabar


जेठ २३ गते । छायाँनाथ रारा नगरपालिका, मुगुका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाहीसहित नौ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोप लागेको खबर  छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुख शाहीसहित तत्कालीन उपप्रमुख सुन्तला रोकाया, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इन्जिनियर महेश सिंह कठायत, असिष्टेण्ट सब–इन्जिनियर हस्त बहादुर मल्ल र वडा नं.७ सदस्य पशुपती शाहीविरुद्ध साे आराेप लागेकाे जानकारी  दिनुभयाे । 

आर्थिक वर्ष २०७४-७५ मा सो नगरपालिकाको वडा नंं ७ मा निर्माण सम्पन्न भनिएको बिसौनीदेखि किउरीसम्मको बाटो निर्माण गर्ने क्रममा वास्तविकभन्दा नभएको कार्य समेत गैरकानूनी लाभ लिने बदनियतले गलत प्रतिवेदन स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसरी गलत नापी, किताब, उपभोक्ताको बिल र कार्य सम्पन्नको प्रतिवेदन बमोजिम भुक्तान भएको २२ लाख ३६ हजार ४८२ रुपियाँ बिगो रकमसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद तथा सजायको मागदाबी गरिएको छ ।

बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्यारी शाही, कोषाध्यक्ष नानी कामी र सचिव सादना मल्लले वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी कार्यसमेत नापी किताबमा चढाउन लगाएको आरोप छ ।

Top Post Ad

post bottom ads

Ads Bottom