Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सवारी दुर्घटनामा परी कानुनमन्त्री सिंहको निधन - Brighter Khabar


असार ५ गते। बझाङको केदास्यु गाउँपालिका-१ को धारछडामा मंगलबार गाडी दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको छ।

हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएका सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले जानकारी दिनुभयो।

सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको यसअघि मृत्यु भइसकेको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom