Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्ड अङ्ग्रेजी आवासीय मावि द्वारा बृहत् सरसफाइ एवम् सचेतना र्‍याली सम्पन्न - Brighter Khabar


पोखरा, २२ जेठ । पोखरा १५ नयाँ गाउँमा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी  आवासीय माविले वातावरण दिवस मनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ मनाइएको वातावरण दिवस मेरिगोल्डले पनि अघिल्ला वर्षहरूमा जस्तै बृहत् सरसफाइ एवम् सचेतना र्‍याली  सम्पन्न गरेर मनाएको हो ।

आफ्नो घर वर पर सफा राखौँ, सके सफा गरौँ नसके फोहोर नगरौँ , प्लास्टिकजन्य वस्तुहरूको प्रयोग बन्द  गरेर प्रदूषण निर्मूल पारौँ जस्ता भनाइहरू लेखिएका प्लेकार्ड सहित विद्यार्थीहरू र्‍यालीमा सहभागी भएका थिए ।

विद्यालयका आधारभूत र माध्यमिक तहका विद्यार्थीहरू र शिक्षकहरू सहभागी कार्यक्रममा विद्यार्थिहरुले स्थानियाहरुलाई फोहोर व्यवस्थापनमा सबै मिलेर लाग्नु पर्ने सन्देश दिएका थिए ।

विद्यालयबाट सुरु भएको र्‍याली  पोखरा १५ का विभिन्न टोलहरूमा परिक्रमा लगाउँदै विद्यालयमै विसर्जन भएको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । 

विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै विद्यालय संस्थापक निर्देशक मोतीराम गुरुङले बढ्दो वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र नभई  सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेकोले यसमा विद्यार्थी सँगै हरेक टोल समाजले ध्यान दिनुपर्ने बताउनुभयो  ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आम सर्वसाधारणमा अनुरोध गरेको थियो ।

नेपालको संविधानमा हरेक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षले कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था छ ।

संविधानले स्वच्छ वातावरण मौलिक हकमा राखे पनि नागरिक स्वच्छ वातावरणबाट वञ्चित छन्। 

Top Post Ad

post bottom ads

Ads Bottom