स्याङ्जा, स्याङ्जामा मोबाइल चार्जमा राख्ने क्रममा करेन्ट लागेर १० बर्षिया बालिकाको ज्यान गएको छ ।
स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर ७ स्थित बलेवा भन्ने स्थानमा मोबाइल चार्ज गर्ने क्रममा प्लगको करेन्ट लागेर १० बर्षिय गीता गुरुङको ज्यान गएको हो ।
करेन्टले गम्भीर घाइते भएकी गीतालाई उपचारको लागि वालिङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लागिएको भएपनि उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
आफ्नै कोठामा मोबाइल चार्जमा राख्ने क्रमम प्लग बाट तारमा करेन्ट पास भएपछी उक्त करेन्टले बालिकाको ज्यान गएको स्थानीयहरूले बताएका छन् ।