Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दश मिनेटको अन्तरालमा १७ वटा बाख्रा सखाप - Brighter Khabar


जेठ २५, सिद्धलेक गाउँपालिकास्थित वडा नम्वर-७ भैसेमा एक किसानले पालेको १७ वटा बाख्रा दश मिनेटको अन्तरालमा मरेका छन् । 

भैसे निवासी किसान रेशम श्रेष्ठको बाख्रा चरनबाट घर फर्काएपछी घरको आँगामा पानी खुवाई बाख्राहरुलाई खोरमा थुन्न लाग्दा अस्वाभाविक लक्षण देखा परेपछि ती बाख्राहरु मरेका हुन् ।

आज बिहान ११ बजे चरणबाट चराएर घर ल्याएर पानी खान दिएको र पानी खाना साथ फिँज निकाल्दै बाख्रा मरेको स्थानीय रकिम अन्सारीले जानकारी दिनुभयो । 

रेशमको ३८ बाख्रामध्ये १७ वटा मरेको हो भने अन्य बाख्रालाई भने केहि भएको छैन ।

पानी खान नपाएका बाख्राहरु भने केही नभएको अन्सारीले जानकारी दिनुभयो । अहिले घटनास्थलमा पशु विज्ञ केन्द्र तथा भेटनरी अस्पतालबाट प्रविधिकहरुको टोली सो स्थानमा पुगिसकेको छ । 

बाख्रा मर्नुको कारण अझै खुलेको छैन, थप अनुसन्धान भईरहेको प्राविधिकहरुको भनाई छ ।

Top Post Ad

post bottom ads

Ads Bottom