Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एक युवक ला'गू'औ'षध सहित भाग्ने प्रयास गरे पछी प्रहरीको गो'लि - Brighter Khabar



जेठ २८ गते । काठमाडौंको सिनामङ्गलमा गोली चलेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले सिनामङ्गलस्थित शम्भु मार्गमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जानकारी दिनुभयो ।

प्रवक्ता कडायतका अनुसार आइतबार बिहान लागूऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण्न गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर एक जना लागूऔषध कारोबारी घाइते भएका छन् भने उनको केएमसी अस्पतालमा उपचार भइरहेको प्रवक्ता कडायतले बताउनुभयो । घाइते कारोबारीको घुँडामा गोली लागेको छ ।

प्रवक्ता कडायतले निजको साथबाट केही मात्रामा लागूऔषध पनि बरामद भएको जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom