Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कारको गियर बक्समा फल्स बटम बनाएर लुकाइएको दुई किलो सुन बरामद - Brighter Khabar


असार १०, कारको गियर बक्समा फल्स बटम बनाएर लुकाइएको दुई किलो सुन बरामद भएको छ ।

 लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालिदहबाट करिब दुई किलो सुनसहित कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपालबाट भारततर्फ जाँदै गरेको बा १२ च ३८२० नम्बरको कार र चालक दाङको घोराही नगरपालिका १० बस्ने ३१ वर्षीया हुमानन्द गिरीलाई बिओपी बयरघाटले नियन्त्रणमा लिएको जनाएको छ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा कारको गियर बक्समा फल्स बटम बनाएर लुकाइएको दुई वटा इँटाआकारको सुन फेला परेको हो।

रुपन्देहीस्थित सिद्धार्थनगर सुन चाँदी व्यवसायी सङ्घले सुन भएको प्रमाणित गरेको र उक्त सुनको तौल १ किलो ९ सय ६५ ग्राम ३ मिली ग्राम र बजार मूल्य १ करोड ८५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ ४५ पैसा रहेको छ।

नियन्त्रणमा लिइएका गिरीलाई कार र बरामद सुनसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको खबर छ।  

Top Post Ad

post bottom ads

Ads Bottom