Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

देशभर गर्मी ह्वात्तै बढ्यो , तराईमा ४४ डिग्री सेल्सियस सम्म तापक्रम वृद्धि - Brighter Khabar


जेठ २० गते । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकाले विगत केही दिनदेखि देशभर गर्मी बढेको जनाएको छ । 

महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार अहिले उपत्यकासहित देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । तराई क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको छ ।

कर्णाली, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको छ ।

विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेशका जिल्लाको जनजीवन कष्टकर बनेको छ । 

तराई मधेशमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको बताइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom