Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाबाट अवैध लागु औषध सहित एक जना पक्राउ - Brighter Khabar


स्याङ्जा, २३ जेठ  । स्याङ्जामा  अवैध लागु औषध सहित एक जना पक्राउ परेका छन् ।

सिद्धार्थ राजमार्गमा  सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रहरीले अवैध लागु औषध सहित एक जनालाई  पक्राउ गरेको हो  ।

भक्तपुर वतन भई हाल  कास्की पोखरा महानगरपालिका वडा नम्बर . ४ बस्ने वर्ष ५० को दिनेश महर्जनलाई सवारी चेक जाँचको क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

स्याङ्जा पुतली बजार नगरपालिका  वडा नम्बर  ०४ रामकोष सिद्धार्थ राजमार्गमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ग. २ ख. ५१५ नं.को यात्रु बाहक बसमा पोखरा आउँदै गरेका महर्जनलाई नियन्त्रणमा लिएको थियो 

महर्जनको साथबाट अवैध लागु औषध २ एम एलको झोल सहितको PHENERGAN ६४ एम्पुल  , NOOPHIN ६४ एम्पुल र Diazepam  ६४ एम्पुल गरी जम्मा १९२ एम्पुल  बरामद तथा निजलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्य भई रहेको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom