Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडक आंशिक रूपमा सुचारु - Brighter Khabar


असार १५ गते । माथिबाट खसेको पहिरोका कारण  दिउसोबाट अवरुद्ध भएको  नारायणगढ–मुग्लिङ सडक आंशिक रूपमा खुलेको छ । 

जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार  झरेको पहिरो पन्छाउँदै यातायात चलाउने गरी सडक  आंशिक रूपमा खुला भएको हो । 

ठुलो पहिरो पन्छाइएको र अहिले झरिरहेको पहिरो पन्छाउँदै सडक सञ्चालनमा आएको हो ।  

बिहीबार दिउँसो १ः३० बजेबाट अवरुद्ध भएको सडक केही समय अगाडी मात्रै सञ्चालनमा आएको हो  । 

पहिरो पूर्णरुपमा सफा भएर दोहोरो यातायात सञ्चालन गर्न अझै समय लाग्ने बताइएको जिल्ला ट्राफिक कार्यालय चितवन जनाएको छ । 

पहिरो हटाउन डिभिजन सडक कार्यालय भरतपुरबाट दुई एक्स्काभेटर र दुई  डोजर सञ्चालनमा ल्याइएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom