Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रपति रामचन्द्र पौडेल ११ दिन पछि डिस्चार्ज - Brighter Khabar


असार १३ गते । अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज भई राष्ट्रपति निवास फर्किएका छन्  । 

उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत पौडेल डिस्चार्ज भएका हुन्  । 

अस्पतालका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार असार २ गते अस्पतालमा भर्ना हुनुभएका पौडेल विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि डिस्चार्ज भएका हुन् । 

चिकित्सकहरूका अनुसार राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ । 

Top Post Ad

post bottom ads

Ads Bottom