Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पालिकाको मनपरी , एक दिनको कार्यक्रम गरी दुई दिनको भत्ता - Brighter Khabar

सांकेतिक तस्विर 

असार ९ गते । धादिङको नीलकण्ठ नगरपालिकाले एक दिनको कार्यक्रम गरी सहभागीलाई दुई दिनको हस्ताक्षर गराई भत्ता खुवाएको छ । नगरपालिकाले बिहीबार गरेको नगर सभामा बिहीबार र शुक्रबारको फरक–फरक उपस्थितिमा सहभागीलाई हस्ताक्षर गराएर भत्ता खुवाएको हो । 

एक दिन मात्र सञ्चालन भएको नगर सभामा सहभागी दुई सयभन्दा बढीलाई फरक दुई दिनको हस्ताक्षर गराएर भत्ता खुवाएको छ । कार्यक्रम नै नभएको दिनको हस्ताक्षर किन गराइएको भनेर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीलाई सोध्दा यो विषयमा नबोल्ने बताए । 

नगरपालिकाका उपमेयर दीपक विश्वकर्माले नगर सभाको निर्णय पुस्तिका नगर प्रमुखले प्रमाणित गर्ने भएकाले यो विषयमा प्रतिक्रिया नजनाउने बताएका हुन् । नगरपालिका महासङ्घका अध्यक्ष समेत रहेका भीमप्रसाद ढुङ्गानाले नेतृत्व गरेको नीलकण्ठ नगरपालिकामा यस्तो घटना भएको छ ।

सो नपा वडा २ का वडा अध्यक्ष धोजबहादुर गुरुङले नगर सभा एकै दिनमा सकेर हरेक वर्ष दुई दिनको उपस्थिति देखाएर भत्ता लिने प्रचलन रहेको कुरा उल्लेख गरे  । 

एक दिनमा नगर सभा सकेर दुई दिनको सुविधा लिनेगरी निर्णय उठाएको थाहा पाएपछि वडा ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले निर्णय पुस्तिका मगाएर दोस्रो दिनको उपस्थितिमा गरिएको हस्ताक्षर केरेर एक दिनको भत्ता फिर्ता गरेको जानकारी दिए । 

वडा १२ का वडा अध्यक्ष धर्मराज भण्डारीले आफू बैठकमा गएका बेला सम्पन्न नगर सभामा फरक–फरक निर्णय पुस्तिकामा हस्ताक्षर गर्न लगाए पनि केमा हस्ताक्षर गरियो भन्ने थाहा नभएको बताए । हरेक बैठकमा पहिले नै उपस्थितिमा हस्ताक्षर गरेर पछि निर्णय लेख्नेगरेकाले नगर सभाको निर्णयपुस्तिकामा नपढी हस्ताक्षर गरेको बताए । 

प्रदेश सरकारले तोकेबमोजिम सहभागीलाई प्रतिदिनको कर कट्टी गरेर दिनको ८ सय ५० का दरले भत्ता उपलब्ध गराएको खबर गोरखापत्रमा छ ।  

Top Post Ad

post bottom ads

Ads Bottom