Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

महिलाको सामूहिक ब'ला'त्का'र'पछि ज्यान लिएर फरार रहेका व्यक्ति  १२ वर्षपछि पक्राउ - Brighter Khabar

सांकेतिक तस्विर 


असार १३, महिलाको सामूहिक बलात्कारपछि ज्यान लिएका फरार हत्यारा १२ वर्षमा पक्राउ परेका छन् । 
ज्यान मार्ने मुद्दामा फरार प्रतिवादी सूर्य थोकर भन्ने सूर्यबहादुर थोकर  १२ वर्ष पछि  पक्राउ परेका हुन्  । ३३ वर्षीय उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

२०६८ असोज २६ गते राति पीडित महिलाकै घरमा पुगेर पालैपालो बलात्कार गरेपछि धारिलो हतियारले घाँटी रेटी हत्यामा संलग्न रहेका ३३ वर्षीय  थोकर  मकवानपुरको हेटौँडा उपमहानगरपालिकाबाट पक्राउ परेका हुन् । 

२०७८ वैशाख ५ गतेको फैसलाले उनीसहितका प्रतिवादीलाई ज्यान मारेको मुद्दामा दोषी ठहर गरेको थियो  । जिल्ला अदालत मकवानपुरले २० वर्ष, ज्यान मार्ने षड्यन्त्र गर्नेतर्फ १२ वर्ष, जबरजस्ती करणी गरेकोमा ७ वर्ष र सामूहिक रूपमा जबरजस्ती करणीतर्फ ५ वर्ष गरी कुल ४४ वर्ष कैद सजाय सुनाएका उनी फैसला अगावै फरार थिए  ।

थोकरलाई अदालतको आदेशबमोजिम कैद भुक्तान का लागि कारागार पठाइएको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom