Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लिङ्ग पहिचान गरि भ्रुण हत्या नगर्न सबै स्वास्थ्य संस्थालाई निर्देशन - Brighter Khabar


असार १ गते । सरकारले लिङ्ग पहिचान गरि भ्रुण हत्या गर्ने वातवरणको अन्त्य गर्न सबै सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव एकदेव खनालका अनुसार मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै यस्तो निर्देशन दिएको हो । 

गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई त्यस्ता गतिविधि नहुने वातावारण तयार गर्न मन्त्रालयले निर्देशन दिएको हो  । साथै गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत दण्डनीय अपराध हो भन्ने व्यहोराको सुचना स्वास्थ्य संस्था एवम् प्रयोगशाला परिसरमा टाँस्ने व्यवस्था गर्न मन्त्रालयले अनुरोध गरेको छ । कसैले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न र गराउन नहुँने हुँदा यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने मन्त्रालयले जनाएको छ । 

नेपालमा राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार लैङ्गिक अनुपातमा असमानता देखा पर्न लागेको र विभेदपूर्ण लिङ्ग छनौटको अन्त्यका लागि राष्ट्रि रणनीति २०७८–२०८८ मा समेत  विभेदपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको छ । 

साथै मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवम् सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत दण्डनीय अपराध मानेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom