Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

निजी विद्यालयलाई सरकारी विद्यालय कै सरह सेवा सुविधा उपलब्ध गराउन निर्देशन - Brighter Khabar


काठमाडौँ महानगर प्रमुख बालेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालय कै अनुसार सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन्  । 
काठमाडौँ महानगरपालिकामा संस्थागत  विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै प्रमुख  शाहले निजी विद्यालयलाई सरकारी विद्यालय कै अनुसार सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएका हुन् । 
शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको भन्दै शाहले विद्यालयहरूलाई उक्त निर्देशन दिएका हुन् । 
काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएकोले उक्त कुराको कार्यान्वयन गर्न विद्यालयहरूलाई शाहले निर्देशन दिएका हुन् ।

''शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी सङ्घीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।'' शाहले भनेका छन् ।

साथै देहाय अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom