Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ग'र्भ'प'त'न गराएकी एक १६ वर्षीया अविवाहित किशोरीको ज्यान गयो - Brighter Khabar


सर्लाहीको बसबरिया गाउँपालिकामा केही दिनअघि गर्भपतन गराएकी एक १६ वर्षीया किशोरीको उपचारका क्रममा आज मृत्यु भएको छ । बसबरिया गाउँपालिका –२, मानपुर बस्ने महेन्द्र सहनीकी अविवाहित छोरी किरण कुमारीको उपचारका क्रममा आइतबार दिउँसो प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । 

किरण कुमारीले केही दिनअघि गाउँकै एक क्लिनिकमा पुगेर गर्भपतन गराउने औषधि खानुभएको थियो । करिब ६ महिनाको गर्भ रहेकोमा गर्भपतनको औषधि खाएपछि अत्यधिक रक्तस्राव भई उपचारका लागि जेठ २१ गते राति २ बजेतिर उहाँलाई प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको थियो । अवस्था थप जटिल बन्दै गएपछि मलङ्गवा अस्पतालले उहाँलाई जनकपुर रेफर गरेको थियो ।  

जेठ २३ गते शल्यक्रिया गरी उहाँको करण कुमारीको गर्भबाट मृत अवस्थाको शिशु (छोरा) निकालियो । त्यसपछि पनि प्रादेशिक अस्पतालको आइसियु कक्षमा उपचाररत किरण कुमारीको आइतबार दिउँसो मृत्यु भएको हो । 

किरण कुमारीको मृत्यु भएको भनी प्रादेशिक अस्पताल जनकपुरले जानकारी गराएको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले जानकारी दिनुभयो । १६ वर्षीया अविवाहित किशोरी कसरी गर्भवती भइन ? भन्ने प्रष्ट हुन सकेको छैन । 

स्रोतका अनुसार किशोरीको विवाहको तयारी भइरहेका बेला अनैतिक सम्बन्धको गर्भ रहेको थाहा पाएपछि गर्भपतन गराउने क्रममा दुःखद घटना हुन पुगेको आशङ्का गरिएको खबर गोरखापत्रमा छ ।  

घटनाबारे जानकारी प्राप्त भएको र पीडित परिवार सम्पर्कमा आएपछि थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ  ।  

Top Post Ad

post bottom ads

Ads Bottom