असार १२ , ललिता निवास प्रकरणमा पक्राउ परेका मध्ये ३ जना छुटेको खबर छ ।
सर्वोच्च अदालतले तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको भन्दै उनीहरूलाई छुट्टाइएको बुझिएको छ ।
रिहा हुनेहरू पूर्व सहसचिव कलाधर देउजा, पूर्व उपसचिव उपेन्द्र मणि केसी र सुरेन्द्र कपाली हुन् ।
सर्वोच्चको आदेशको प्रमाण पेस भएपछि उनीहरूलाई प्रहरीले कागज गराएर छोडेको खबर प्राप्त भएको छ ।