Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना कारागार चलान - Brighter khabar

सांकेतिक तस्विर 


असार १,  नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

हिरासतमा रहेका १८ जनामध्ये १६ जनालाई न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रहरी  कारागार चलान गरेको हो ।

यो संगै टोप बहादुर रायमाझी, बालकृष्ण खांड ,टेकनारण पाण्डे , इन्द्रजित राइ लगायतका १६जना कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार जेल चलान भएकाहरु अब मुद्दाको किनारा नलाग्दासम्म कारागारमै रहनेछन् ।

अभियुक्त टङ्क गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई रु पाँच लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी  दाहालले जानकारी दिए ।

सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे,  पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखिएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom