Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सोमबारदेखि काठमाडौँ महानगरभित्र हिन्दी चलचित्र प्रदर्शन नहुने - Brighter Khabar


काठमाडौँ, ३ असार  । काठमाडौँ महानगरले कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि सोमबारदेखि निषेध गरेको छ । 

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको हो  ।

 भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन काठमाडौँ महानगरले ३ दिन पहिले आव्हान गरेको थियो । 

नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्र हितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नरहेको बताउँदै महानगरले उक्त कदम चालेको हो  ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । 

महानगरले पनि  उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने बताउँदै  उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएकोले महानगरपालिकाले  गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । 

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्र हित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने महानगरको ठम्याई छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom