Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा १५ मा अवस्थित मेरिगोल्डमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न - Brighter Khabar

 


पोखरा , ८ असार  ।   पोखरा महानगरपालिका वडा नम्बर १५ मा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।  

विद्यालयले आफ्नो वार्षिक कार्यतालिका अनुसार आजको शुक्रबारीय कार्यक्रम नेपाली हिज्जे सम्पन्न गरेको हो ।

आफ्नै सभा हलमा सम्पन्न भएको कार्यक्रममा रातो , निलो , पहेँलो र हरियो गरी चार वटा सदनहरू सहभागी थिए ।

आधारभूत तहका विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा हरियो सदनले ८५ अङ्कका साथ प्रथम स्थान प्राप्त गरेको थियो । 

हरियो सदन बाट सहभागी कक्षा ८ कि छात्रा बन्शिका गुरुङ, कक्षा ८ कै छात्र मुकेश पाध्या , कक्षा ७ कि छात्रा आयुषा गुरुङ र कक्षा ६ कि छात्रा फियोना थापाले प्रथम स्थान प्राप्त गरेका हुन् ।

त्यस्तै रातो सदनबाट कक्षा ७ का एपी राई र दिप्सन छेत्री, कक्षा ८ का आयुष गहतराज र कक्षा ६ का आरोग्य श्रेष्ठले द्वितीय  स्थान प्राप्त गरेका छन् ।

विद्यालयले विद्यार्थीको चाहना र आवश्यकताका आधारमा शैक्षिक कार्यक्रम सँगै खेलकुद र विभिन्न अतिरिक्त क्रियाकालपहरु संचालन गर्दै आइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom