Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साफ च्याम्पियनसिप फुटबल: नेपालले आज दोस्रो खेलमा सावकि विजेता भारतसँग खेल्दै - Brighter Khabar


काठमाडौं- भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत साविक उपविजेता नेपालले आज दोस्रो खेलमा सावकि विजेता भारतसँग खेल्दैछ ।


बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपाल र भारतबीचको खेल राती पौने ८ बजे सुरु हुनेछ । सेमिफाइनल यात्राको सम्भावना कायमै राख्न नेपाललाई शतप्रतिशत जित आवश्यक छ ।


हेड टु हेडका आधारमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । यसै प्रतियोगीताको पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो ।


समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तानलाई हराएको भारत शीर्ष स्थानमा रहेको छ । ८ राष्ट्रको सहभागिता रहेको साफमा नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा आगामी मंगलबार पाकिस्तान विरुद्ध खेल्नेछ ।

Top Post Ad

post bottom ads

Ads Bottom