Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बस र दुध बोक्ने ट्याङकर ठोक्किँदा दुई जना घाइते - Brighter Khabar

तस्विर:गोरखापत्र 


असार १५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा शुक्रबार बस र दुध बोक्ने ट्याङकर ठोक्किँदा दुई जना घाइते भएका छन् । 


बाँके जङ्गलस्थित भत्किएको लच्कानजिक पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ग ५३ नम्वरको दुध बोक्ने ट्याङकर र विपरीत दिशाबाट जाँदैगरेको ना ४ ख ४५८२ नम्वरको बस आसपमा ठोक्किएर दुर्घटना भएको हो । 


दुर्घटनामा ट्याङकर चालक धनुषा मिथिला नगरपालिका –५ बस्ने ४७ वर्षीय श्रीनारायण महतो र सोही गाडीमा सवार मिथिला नगरपालिका –६ बस्ने ३९ वर्षीय रामकृपाल यादव घाइते हुनुभएको छ । 


घाइते दुवै जनालाई उपचारका लागि मोडल अस्पताल लालगढ, धनुषा पठाइएको प्रहरी चौकी फूलजोरले जनाएको छ । दुर्घटनामा बस सवार कोही कसैलाई केही नभएको प्रहरी चौकी फूलजोरका प्रहरी सहायक निरीक्षक (असई) अजय यादवले जानकारी दिनुभयो । 


प्रहरी सहायक निरीक्षक यादवका अनुसार दुर्घटना भएको स्थान नजिकै बिहीबार राति एउटा स्कारपियो र शुक्रबार बिहान पानी परेका बेला अर्को एउटा ट्रक पनि पल्टिएको छ । स्कारपियो र ट्रक दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरी सहायक निरीक्षक यादवले बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom