Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अदालतलाई काठमाडौँ महानगर प्रमुख बालेनको चुनौती- जेसुकै सजाय भोग्न तयार छु, नसचिएसम्म भारतीय फिल्म प्रदर्शन हुन दिन्नँ - Brighter Khabar


काठमाडौँ- काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय फिर्ता नहुने बताएका छन् । 
देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा महानगरको तर्फबाट महानगर प्रमुख शाहले  आफूले  कुनै कानुन र अदालतलाई मान्ने वाला नरहेको बताउँदै  निर्णय फिर्ता नहुने जनाएका  हुन् । 

“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन । चलचित्रका लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ ।'' उनले भनेका छन् ।

साथै उनले भनेका छन् ''यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर चलचित्र चल्दैन र चल्न दिइनेछैन  । ” 

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो  । 

सर्वोच्चद्वारा  छलफलका लागि दुवै पक्षलाई असार १२ गतेका लागि बोलाइएको स्रोतले जनाएको छ । 

महानगरपालिकाले भारतीय चलचित्र ‘आदिपुरुष’ मा ‘सीता भारतीय छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणमा नसच्याएको भन्दै गत सोमबारदेखि १७ चलचित्र भवनमा भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको थियो ।

महानगर प्रमुख बालेन्द्र शाहले भने सामाजिक सञ्जालमार्फत देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने बताएका हुन् ।

Top Post Ad

post bottom ads

Ads Bottom