Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गर्मी छल्न खोलामा पौडी खेल्न गएका एक युवा पुनः घर फर्कन नपाएको खबर छ - Brighter Khabar


जेठ २०,  गर्मी छल्न खोलामा पौडी खेल्न गएका एक  युवाको ज्यान गएको खबर छ ।

झापा  कनकाई नगरपालिका वडा नम्बर  २ का २१ वर्षीय सलिम गुरागाईँको शुक्रवार साँझ डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। 

कनकाई नगरपालिका २ निवासी गुरागाईँ साथीसहित स्थानीय कनकाई नदी दोमुखी क्षेत्रमा दिउँसो ४ बजेतिर पौडी खेल्न गएका थिए ।

करिब  ४ः१५ बजेतिरको समयमा  अचानक डुबेर उनको ज्यान गएको हो  ।

घटना  सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ   ।  पछिल्लो समय देशभर गर्मी बढ्दा तराइका अधिकांश स्थानको जनजीवन प्रभावित हुन् पुगेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom