Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा भएको सवारी दुर्घटनामा एकको ज्यान गयो, ३ घाइते - Brighter khabar

 


स्याङ्जाको अर्जुनचौपारिमा सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।

स्याङ्जाको शिरुवारीबाट अर्जुनचौपारि हुदै स्याङ्जा फर्कँदै गरेको बा.१ झ.५८७८ नम्बरको  जिल्ला समन्वय समिति स्याङ्जाको  गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 अर्जुनचौपारी- ३ सहरे नजिक खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक अमृत खनालको  घटना स्थलमै ज्यान गएको हो ।

सोही सवारीमा सवार राजेन्द्र प्रसाद पौडेल सहित अम्विका पौडेल र टिकाराम पौडेल घाइते भएको खबर छ ।

 अर्जुनचौपारि प्रहरी प्रमुख ख्याम बहादुर क्षेत्रिका अनुसार घाइतेको  जिल्ला अस्पताल स्याङ्जामा उपचार भैरहेको  छ।

Top Post Ad

post bottom ads

Ads Bottom