सांकेतिक तस्विर |
असार ४, बलात्कार आरोपमा उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल पक्राउ परेका छन् ।
२२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्याकुरेल पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनले किशोरीको घरमै पुगेर जबरजस्तीको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा लागेको छ ।
प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।