जेठ ३० गते। राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार सामान्य स्वास्थ्य परीक्षणमाका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र गएका छन् ।
राष्ट्रपति पौडेलका निजी चिकित्सक डा. नीरज बमका अनुसार राष्ट्रपति पौडेल मङ्गलबार बिहान सामान्य स्वास्थ्य परीक्षणको लागि गङ्गालाल अस्पतालमा गएका हुन् ।
यसअघि स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेललाई शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो।
त्यसपछि उनलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गरिएको थियो।