सांकेतिक तस्विर |
स्याङ्जा, २६ जेठ । स्याङ्जामा डोजरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
स्याङ्जा गल्याङ - ५ का पूर्व वडा अध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ ।
आज दिउसो डोजरको ठक्करबाट घाइते भएका क्षेत्रीको उपचारको क्रममा मिर्मि स्थित कालिगण्डकी अस्पतालमा ज्यान गएको हो ।
गएको २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको रूपमा निर्वाचित उनले वडा नम्बर ५ कै जोगीमारा भन्ने स्थानमा काम गरिरहेको बेला डोजर अनियन्त्रित भएर ठक्कर दिएको थियो ।