तनहुँ, ९ असार । चट्याङ्ग लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ खाल्टेपानी निबासी डिलबहादुर गुरुङको एकतले कच्ची घरमा चट्याङ्ग पर्दा उनका २० वर्षीय छोरा पृतम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार विहान घरको कोठा भित्र बसिरहेको उनको चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।