Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरोमा परेर बेपत्ता भएकाको शव नभेटिएपछि कुशको शव बनाई दाहसंस्कार - Brighter Khabar


असार ९, गत शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन् ।

बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् । 

बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए ।

पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् । 

पहिरोमा परी मेहेलेकै तीन जनाको निधन भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom