Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

देशका केहि शहरहरूमा हाल सम्मकै उच्च तापक्रम - Brighter Khabar


जेठ २५,  देशभरका एक सय १३ वटा केन्द्रहमध्ये हिजो बुधवारसम्मको प्रारम्भिक दैनिक अधिकतम तापक्रमको तथ्याङ्कअनुसार चार वटा केन्द्रमा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड कायम भएको छ ।

देशका ओखलढुङ्गा, धरान बजार, कन्याम चिया बगान र दुम्कौलीमा अहिलेसम्मकै उच्चतम तापक्रमको रेकर्ड कायम भएको हो ।

दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव ८ डिग्री सेल्सियस पुगे भने धरानमा ३९ दशमलव तीन, ओखलढुङ्गामा ३१ र कन्याम चिया बगानमा ३० डिग्री सेल्सियस तापक्रम पुगेको छ ।

यस्तै गौर, जलेश्वर, लहान, चतरा, विराटनगर, तरहरालगायतका ठाउँमा जुन महिनामै अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom