Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ वटा उजुरी - Brighter Khabar


प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ विशेष समितिले कार्की विरुद्ध उजुरी दिन हिजोसम्मको समय दिएको थियो । 

 सो समयभित्र २९ वटा उजुरी प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

पाँचवटा इमेलबाट र बाँकी व्यक्ति स्वयं उपस्थित भएर सुनुवाइ समितिमा उजुरी दिएको सचिवालयले जनाएको छ । छ जना उजुरीकर्ता कानुन व्यवसायी रहेका छन् । बहालवाला न्यायाधीशले समेत कार्कीविरुद्ध उजुरी दिएका छन् ।

अधिकांश उजुरीमा कार्कीको दलीय आबद्धता रहेको आरोप लगाइएको छ । कार्की प्रधानन्यायाधीश भएको खण्डमा समेत असारमा नियुक्ति पाएर साउनमा कार्यकाल सकिने भएकाले कार्कीले राज्यबाट पाउने सुविधाको लोभ गरेको आरोप समेत उजुरीकर्ताहरुको छ ।

कार्कीलाई गत वैशाख १५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । कार्की विरुद्धको उजुरी खोल्न भोलि सुनुवाइ समितिको बैठक बोलाउने तयारी गरिएको सुनुवाइ समितिको सचिवालयले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom