Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बुहारीको कुटाइबाट सासूको ज्यान गयो - Brighter KHabar

सांकेतिक तस्विर 


असार ९,  बुहारीको कुटाइबाट सासूको ज्यान गएको छ । घरायसी विवाद हुँदा बुहारीले कुटेर घाइते बनाएकी सासूको उपचारको क्रममा ज्यान गएको हो ।

धनकुटाको साँगुरी गढी ४ फाक्सिब भन्ने स्थानमा ३२ वर्षीय विष्णुमाया लिम्बुले उनकी सासुआमा ६३ वर्षीय सुक माया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन  भएको प्रहरीले जनाएको छ ।

घटना पश्चात् बुहारी विष्णुमायालाई पक्राउ गरि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ   । 

मृतकका भाइ गजेन्द्रले पक्राउ परेकी ३२ वर्षीय विष्णुमाया लिम्बुका विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । 

Top Post Ad

post bottom ads

Ads Bottom