Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा नक्कली सुन देखाई ठगी गर्ने गिरोह पक्राउ - Brighter Khabar

पोखरा- कास्कीमा  नक्कली सुन देखाई ठगी गर्ने गिरोह  पक्राउ परेको छ ।


पोखरा महानगरपालिका  वडा नम्बर  १० अम्मरसिंहचोक स्थित स्थानीयहरूलाई  नक्कली सुन देखाई सक्कली सुनका गरगहना लुट्ने तथा नगद समेत ठगी गर्ने  २ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं. १० कोगटी बस्ने वर्ष ४४ का विमल तामाङ र जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. २ बस्ने वर्ष ४१ का सन्तोष मगरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । 


ठगी गरेर  फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पोखरा - २६ अर्वौचोकबाट पक्राउ गरेको हो ।


निजहरूलाई खानतलासी गर्दा निजहरूको साथबाट सुन जस्तो देखिने 9999 100 लेखिएको पहेँलो रङ्गको धातु ३ थान, विभिन्न कम्पनीका मोबाइल ३ थान र नगद रु.५४३५/- सहित फेला पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।


निजहरूलाई पक्राउ गरी ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom