Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पृथ्वी राजमार्गमा भएको दुर्घटनामा १ को ज्यान गयो २८ यात्रु घाइते - Brighter


असार ८,  पृथ्वी राजमार्गमा पर्ने गल्छीमा भारतीय नम्बर प्लेटको यात्रुवाहक बस पल्टिंदा एक जना बालकको मृत्यु भएको छ । 

दूर्घटनामा परी अन्य २८ भन्दा धेरै यात्रुहरु घाईते भएका छन् ।

काठमाण्डौबाट भारतको राजस्थानतर्फ हिंडेको एआर ०६ ई ७०३१ नम्वरको भारतीय नम्बर प्लेटको यात्रुवाहक बस गल्छी गाउँपालिकास्थित वडा नम्वर ७ को माथिल्लो गल्छीमा सडकमा पल्टिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकारी अनुसार घाईतेहरु उद्दार भईरहेको छ ।

प्रहरीका अनुसार दूर्घटनामा परी गम्भिर धाईतेलाई उपचारका लागि लैजाँदै गर्दा बालकको मृत्यु भएको हो ।

अन्य घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom