Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साउदी अरेबियामा गोली लागेर एक नेपाली सुरक्षा गार्डको ज्यान गयो -Brighter

सांकेतिक तस्विर 


एजेन्सी, साउदी अरेबियाको बन्दरगाह सहर जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षा गार्डसहित दुई जनाको मृत्यु भएको छ । 

अमेरिका र साउदी अरेबियाका अधिकारीहरूले घटनाको पुष्टि गर्दै आक्रमणको अनुसन्धान जारी रहेको बताएका छन् ।

मक्का क्षेत्रका प्रहरीका प्रवक्ताले अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको प्रयास गर्दा गोली चलेको थियो । 

सोही गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षा गार्ड गरी दुई जनाको मृत्यु भएको अलजजिरा समाचार संस्थाले जनाएको छ ।

सो घटनामा अमेरिकी नागरिकलाई भने केही पनि नभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

अमेरिकी अधिकारीहरु साउदी अरबका अधिकारीहरुसँग सम्पर्कमा रहेको र घटनाको अनुसन्धान गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom