बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
त्यस्तै आजै आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारितको प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।