Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ज्ञानकुन्जमा विश्व वातावरण दिवसको अवसरमा सरसफाइ एवं चित्रकला कार्यक्रम - School


पोखरा -  पोखरा महानगरपालिका बडा नं–१४ खाल्टे मसिना स्थित  ज्ञानकुन्ज  स्कुलले विश्व वातावरण दिवसको अवसर पारेर वातावरणीय सरसफाइ, वातावरणीय खेलकुद कार्यक्रम ,चित्रकला प्रतियोगिता तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

 विद्यार्थीहरूलाई वातावरण सरसफाइ र संरक्षणको बारेमा सचेत गराउने  उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा  कक्षा ४ देखी कक्षा १० सम्मका विद्यार्थीहरूले विद्यालय वरिपरि सरसफाइ गर्नुको साथै विभिन्न जातका फूल तथा  वोट बिरुवाहरू रोपेका थिए । 

विद्यालयले सो अवसरमा  वातावरण सम्बन्धी चित्रकला प्रतियोगिता र प्रदर्शनी गर्नुका साथै वातावरण दिवस सम्बन्धी सचेतना कार्यक्रम समेत सञ्चालन गरेको थियो  । 

सरसफाइ तथा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै विद्यालयका प्राचार्य रामचन्द्र सुबेदीले पृथ्वीको हरियाली कायम राख्न र भविष्यमा समृद्धिका लागि यसलाई वास स्थलको रूपमा जोगाई राख्न आजका पिँढीले वृक्षारोपण तथा वातावरण सरसफाइ कार्यलाई निरन्तर जारी राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो  । 

अतिरिक्त क्रियाकलाप विभाग प्रमुख विवेक जे. कुँवरले सञ्चालन गरेको कार्यक्रमको संयोजन पदम बरालले  गर्नु भएको थियो।

 साथै  विद्यालयका शैक्षिक विभाग प्रमुख  प्रकाश गिरीले आफ्ना भनाई राख्दै  वातावरण दिवसको महत्त्व माथि  प्रकाश पादै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक  तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom