Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा १० वर्षीय बालकको ह'त्या गरेको आरोपमा २२ वर्षीय सुवेदी पक्राउ - Syangja Update


स्याङ्जा , १ असार  ।  स्याङ्जामा बालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

गाउँबाट भागेर स्याङ्जा बजार तर्फ आउँदै गरेका  स्थानीय २२ वर्षीय सुजन सुवेदीलाई हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर  ६ सिउँडबारी निवासी १० वर्षीय बालक हर्षित देवकोटाको हत्या गरेको आरोपमा सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

प्रहरीले  सुवेदीलाई गाउँबाट भागेर  बजार तर्फ आउँदै गरेको अवस्थामा स्याङ्जा बजारको सहिद चोकबाट पक्राउ गरेको हो ।

बालकको शव घाँटी रेटी हत्या गरेर भिर बाट फालिएको अवस्थामा फेला परेको थियो  । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 

Top Post Ad

post bottom ads

Ads Bottom