Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

''फिरफिरे बनाउन दाइले बोलाउनु भएको छ गएर आइहाल्छु है ममी'' भनेर निस्केका थिए हर्षित - Syangja Update

 


स्याङ्जा- फिरफिरे बनाउन भनेर निस्केका हर्षित देवकोटा त्यो फिरफिरे लिएर घर कहिल्यै नफर्कने गरी बिदा भएका छन् । 

''फिरफिरे बनाउन जाम भनेर दाइले बोलाउनु भएको छ म गएर आइहाल्छु हाई ममी'' भनेर घरबाट निस्केका हर्षितलाई सोही स्थानका २२ वर्षीय सुजन सुवेदी भन्ने काल बनेर उपस्थित भएका छन् । 

आमालाई रातिसम्म पनि विश्वास लागेको थिएन कति बेला फिरफिरे लिएर बाबु आउँछ भनेर कुरिरहेकी थिइन् ।  तर छोराको शव छियाछिया पारेर हत्या गरिएको अवस्थामा भेटिएपछि परिवारको खुसी क्षणभरमै सधैँका लागि अस्ताएको छ  ।

हर्षितको हत्या गरेर गाउँबाट भागेका सुवेदीलाई प्रहरीले स्याङ्जा बजार काट्न नपाउँदै पक्राउ गर्न सफल भयो । प्रारम्भिक अनुसन्धानको क्रममा सुवेदीले बालकको हत्या गरेको स्वीकारेका छन् ।  प्रहरीका अनुसार हर्षितलाई सुवेदीले पटक पटक टाउकोमा  हँसिया प्रहार गरेको र भिर बाट लडाएर हत्या गरेको स्वीकार गरेका हुन्।

गाउँको स्कुलमा कक्षा ५ मा पढ्ने  गाउँ भरिकै सरल र ज्ञानी हर्षित स्याङ्जा  अर्जुन चौपारि गाउँपालिका वडा न.६ सिउडबारिका बुवा  शोभाखर देवकोटा र आमा मिना देवकोटाको कोखबाट जन्मेका  एक मात्र छोरा थिए । 

Top Post Ad

post bottom ads

Ads Bottom