Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यसपालि स्याङ्जामा बजेटको आकार घट्यो , हेर्नुहोस् कुन पालिकामा कति बजेट ? - Syangja Update

स्याङ्जा -  स्याङ्जा   जिल्लाका स्थानीय तहहरुलाई  तुलनात्मक रुपमा अघिल्लो वर्ष भन्दा अहिलेको आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट घटेर आएको छ । 

गत आर्थिक वर्ष २०७९/८० मा  ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ विनियोजन भएकोमा  अहिलेको आर्थिक वर्ष २०८०/८१ को लागि  स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६३ करोड ७८ लाख रुपैयाँको बजेट मात्रै  विनियोजन भएको हो । 

हाल विनियोजित बजेट मध्ये रु १ अर्ब ११ करोड ५६ लाख रुपैयाँ समानीकरण तर्फ रहेको छ भने ३ अर्ब १८ करोड २ लाख सशर्त अनुदान तर्फ रहेको छ । त्यस्तै समपुरक अनुदान  तर्फ १७ करोड ८५ लाख र बिशेष अनुदान तर्फ १६ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजित भएको छ  ।

जिल्लाको पुतलीबजार नगरपालिकालाई ७२ करोड २८ लाख विनियोजन हुँदा वालिङ नगरपालिकालाई  ६० करोड ९० लाख विनियोजन भएको छ ।

यता  गल्याङ नगरपालिकालाइ ५२ करोड ८५ लाख विनियोजन हुँदा चापाकोट नगरपालिकालाई  ४८ करोड ७९ लाख र भीरकोट नगरपालिकालाई ४० करोड २२ लाख मात्रै बजेट विनियोजन भएको छ ।

यसरी  नगरपालिकामा सबैभन्दा बढी बजेट  पुतलीबजारलाई र सबैभन्दा कम भीरकोट नगरपालिकालाई  देखिएको छ ।

त्यसतै गाउँपालिका तर्फ सबैभन्दा बढी आँधिखोला गाउँपालिकालाई ३५ करोड ८७ लाख बजेट  विनियोजन भएको छ । 

अर्जुनचौपारी गाउँपालिकालाई  २८ करोड ९४ लाख बजेट विनियोजन हुँदा विरुवा गाउँपालिकालाई ३२ करोड ६८ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी  फेदीखोला गाउँपालिकालाई  २६ करोड ९९ लाख , हरिनाश गाउँपालिकालाई २८ करोड ९० लाख  र  कालीगण्डकी गाउँपालिकालाई ३५ करोड ३६ लाख विनियोजन गरिएको छ ।

यसरी  पुतलीबजार र  भीरकोट नगरपालिका साथै  आँधीखोला गाउँपालिकालाई गतवर्षको तुलनामा बढि बजेट विनियोजन भए पनि अन्य पालिकालाई भने अघिल्लो वर्षको तुलनामा  कम बजेट विनियोजन भएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom